एक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१ भैंसीपङ्खाका ३३ वर्षीय हर्कपाल विकलाई साउन ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असार ३० गते बलात्कार गरेको भनी सोही दिन प्रहरीमा उजुरी दिइएको थियो । उजुरीपछि फरार रहेका हर्कपाललाई विशेष सुराकीको आधारमा घरैदेखि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लम्सालले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३१ गते जिल्ला अस्पताल भोजपुरमा गरिएको पनि प्रहरीले जनाएको छ ।