INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतीहारी जिल्ला प्रियाकोट ११ घर भइ हाल भरतपुर महानगरपालिका–४ मा डेरा गरी बस्ने वर्ष २४ वर्षीय रूपेशकुमार यादवलाई पुस १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत असोज १५ गते धादिङको सिद्धलेक गाउँपालिका–६ मा बलात्कारगरेको आरोपमा पीडित पक्षले पुस १३ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १३ गते भरतपुर अस्पतालका गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

अन्य

भिडियो