INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय बावुविरूद्ध पुस १३ गते पीडित बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपितले ०७४ साल फागुन महिनादेखि नियमित रूपमा बलात्कार गर्दै आएको पीडित बालिकाले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

आरोपितलाई प्रहरीले पुस १३ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज गौतमले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि १३ गते नै भरतपुर अस्तपाल पठाइएको प्रहरीले जनाएको छ । बलात्कारबाट गर्भवती भई गर्भ समेत एक पटक पतन गराएको पीडित बालिकाले बताएकी छन् ।

अन्य

भिडियो