६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका-१ जण्डौलका २० वर्षीय सुन्दर सदालाई पुस १० गते गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित सदालाई पुस १० गते राति गिरफ्तार गरी पुस ११ गते पीडित पक्षले दिएको उजुरी दर्ता गरेको इन्स्पेक्टर प्रतिक विष्टले बताए ।
गहुँ खेतमा खेलिरहेकी बालिकालाई मादक पदार्थ सेवन गरेका आरोपितले पुस १० गते साँझ ७ बजे बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस ११ गते लिखित उजुरी दिएकी हुन् ।
पीडित परिवारको मौखिक उजुरीका आधारमा प्रहरीले पुस १० गते राति नै आरोपितलाई गिरफ्तार गरेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराइएको इन्स्पेक्टर विष्टले जानकारी दिए ।