INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा–४ मधवापुरका २० वर्षीय प्रविणकुमार यादवलाई प्रहरीले पुस ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७५ मङसिर २५ गते गाउँघरबाटै पीडितलाई ललाईफकाई अपहरण गरी सुनसरीको इटहरी पुर्‍याई बलात्कार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुस ३ गते उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पुस ३ गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पुस ४ गते बलात्कारको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको इन्स्पेक्टर गुरुप्रसाद तिमल्सिनाले बताए ।

अन्य

भिडियो