१० वर्षीया र आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय हजुरबुवालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाद्वयलाई आरोपितले बलात्कार गरेको घटना मङ्सिर २८ गते सार्वजनिक भएपछि गिरफ्तार गरी पुस १ गते मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते भरतपुर अस्पतालमा गरिएको छ ।