२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका–२ का २८ वर्षीय मङ्गल गिरीलाई पुस १ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले गत मङ्सिर २२ गते बलात्कार गरी फरार भएका गिरीलाई प्रहरीले गाउँबाटै गिरफ्तार गरेको हो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मङसिर २३ गते गरिएको छ ।