जेनजी अन्दोलनका क्रममा ०८१ भदौ २४ गते बुंगल नगरपालिकाको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले बुंगल नगरपालिका–४ का ३० वर्षीय रामचन्द्र जोशी र ३५ वर्षीय यज्ञराज जोशीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले बुंगल नगरपालिका मेयर जयबहादुर धामी र उपमेयर धनबहादुर बोहराको कार्यकक्ष तथा निवासमा भदौ २४ गते तोडफोड गरी टेबल, कुर्सी र कागजातहरुमा आगजनी गरेको पाइएकोले आरोपितहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले बताउनु भयो ।
आरोपितद्धय विरुद्ध उपद्रो गर्न नहुने अन्तर्गत मुद्दा दर्ता गरेर अनुन्धान भइरहेको समेत इन्स्पेक्टर ठगुन्नले बताउनु भयो ।