INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा तीन जना गिरफ्तार

जेनजी आन्दोलको क्रममा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई  ०८२ भदौ ३० गते बेलुका कोहलपुर नगरपालिका–२ सालकोबुटा नजिकैबाट नगद ७ लाख ६६ हजार रूपियाँ सहित गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकाहरुमा  बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार कोहलपुर नगरपालिका–५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । गिरफ्तार गरिएका तीनै जनालाई  इलाका प्रहरी कार्यालय कोहलपुरले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अन्य

भिडियो