३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाका ४५ वर्षीय गजिया भनिने गजेन्द्र रायलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।
सप्तकोशी बाँध छेउमा भएको पीडितको टाँटी बत्तीको घर आरोपितहरूले भत्काएपछि सो रुग्न बसेकी पीडितलाई आरोपितसहित तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाका २८ वर्षीया कारी राय, ४८ वर्षीय गोपी राय र ३५ वर्षीय बिजय रायले कात्तिक ५ गते राति मुखमा रुमाल बाँधेर नजिकैकौ खेतमा लगी बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ६ गते उजुरी दिएकी थिइन् ।
पीडितको राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक ६ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको थियो । अन्य आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।
गिरफ्तार भएका आरोपितले बुवा–छोरा मिलेर बलात्कार गर्न जाने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएकोले झुठा उजुरी दिएको बताए ।