घोराही उपमहानगरपालिका–३ की ५७ वर्षीया लिला पुनलाई हत्या गरेको आरोपमा प्रहरीले पति ५७ वर्षीय सुकराम पुनलाई ०८२ असोज ८ गते जिल्ला प्रहरी कार्यालय दाङले गिरफ्तार गरेको छ ।
घरायसी विवादमा सुकरामले असोज ७ गते राती रड र हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको प्रहरीले जनाएको छ ।