INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण पश्चात बालकको हत्या

गोलबजार नगरपालिका– १३ का १६ वर्षीय बालक अभिषेक सि‌ंहलाई ०८२ असोज ५ गते पहचिान नखुलेको समूहले अपहरण गरी हत्या गरेको अवस्थामा ०८२ असोज ७ गते बिहान घर नजिक आँप बगैँचामा शव फेला परेको छ ।

पीडित परिवारका अनुसार असोज ५ गते छोराकै इमोबाट अपहरणमा परेको र ५ करोड रुपियाँ फिरौती माग गरेको सूचना आएपछि असोज ६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको बालकका आमाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माले असोज ६ गते प्रहरीलाई बालक अपहरणमा परेको जानकारी आएको थियो, प्रहरीले अनुसन्धान गर्दै गर्दा बिहान बालकको शव फेला परेको सूचना पाउना साथ जिल्लाको टोली, प्रदेशको टोली कुकुर सहितको टोली घटनास्थलमा अनुसन्धानका लागि गएको बताउनु भयो । शवको अवस्था हेर्दा बालकको हत्या असोज ५ गते नै भएको हुन सक्ने भए पनि अन्य जानकारी शवको पोष्टमार्टम पछि मात्र खुल्न सक्ने भएकोले शव पोष्टमार्टमको लागि धरान स्थित वीपि विज्ञान प्रतिष्ठानमा असोज ७ गते पठाएको एसपी शर्माले बताउनु भयो ।

घटनाको अनुसन्धानका लागि शंकास्पद आफन्त सहित आठ जनालाई नियन्त्रनमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको एसपी शर्माले बताउनु भयो ।

अन्य

भिडियो