पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्रीलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा पीडितका बुवाले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर ऋषिराम घर्ती मगरले बताए ।
पीडित बालिकाको उपचार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भइरहेको छ । रक्तश्रावका कारण बालिकालाई विशेष निगरानीमा उपचार भइरहेको प्रहरीले जनायो ।