INSEC Online

📅 २०८३ जेष्ठ २१

सराकारोकालाबाट जिल्ला काराकार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जनप्रतिनिधि सहित जिल्लास्थित सरोकारवाला टोलीले मङ्सिर २१ गते अछाम कारागारको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा टोलीले कारागारमा रहेका कैदीबन्दीहरूका समस्याका बारेमा समेत प्रतिक्रिया लिएको छ ।

आफूहरूलाई खान, बस्न समस्या नभएपनि सिपमुलक तालिमका साथै घरेलुका तालिमहरूको आवश्यकता भएको कैदीबन्दीको माग छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गाना र पत्रकारहरू टोलीमा सहभागी थिए ।

कानुनले दिएका अधिकार कैदीबन्दीहरूमा प्रत्याभूत गर्नेमा आफूहरू तयार रहेको प्रमुख बोहरा र प्रजिअ आचार्यले बताए । तीन महिला, एक बालक सहित हाल कारागारमा ४९ जना कैदीबन्दीहरू रहेका छन् ।

अन्य

भिडियो