१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा–१० का ६९ वर्षीय ओमनाथ पौडेललाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी दिएको इन्स्पेक्टर कर्णबहादुर बमले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते सेती अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।