१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-७ देवपारका २८ वर्षीय केशव बिकलाई मङ्सिर १२ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिई ३० रुपिँया दिएर गएको भन्दै बालिकाले अभिभावकलाई भनेपछि पीडित पक्षले मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएको इन्स्पेक्टर रविन मैनालीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।