विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३५ वर्षीय टोपबहादुर खत्रीलाई पार्टीको बैठक बसिरहेको अवस्थामा प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको विप्लव माओवादीले आरोप लगाएको छ ।
श्रीनगरमा पार्टीको बैठक बसिरहेको अवस्थामा पार्टीका जिल्ला सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँपालिका इञ्चार्ज खत्रीलाई बैठक स्थलबाटै गिरफ्तार गरेको विप्लव माओवादीले जनाएको हो ।
उक्त पार्टीका सल्यान इञ्चार्ज विश्वले बैठक स्थलबाटै नेता गिरफ्तार गर्नु अमानवीय व्यवहार र आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन् । उनले नेता खत्रीलाई तत्काल रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
दार्मा गाउँपालिकाको टेण्डर कात्तिक १८ गते च्यातिएको आरोपमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । घटनाका विषयमा अनुसन्धान गर्न उनलाई गिरफ्तार गरेको डिएसपीले बताए ।