INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन गरेको छ । हुम्ला जिल्लाको कारागार र कारागारमा रहेका कैदीबन्दीहरूको अवस्थाका बारेमा सो टोलीले अनुगमन गरेको हो ।

उक्त अनुगमनमा प्रदेश ५ शाखा कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख रमेशकुमार थापा र हुम्ला जिल्लाका इन्सेक प्रतिनिधि नन्द सिंहलगायत थिए ।

अनुगमनका क्रममा जिल्लामा कारागार नभएको हुँदा कैदीबन्दीहरू प्रहरीको हिरासतमै राख्नुपरेको देखिएको छ । हुम्लामा यतिखेर पुर्पक्षका लागि कारागारमा रहेका तीन जनालगायत अन्य दुई जना हिरासतमा रहेका व्यक्तिहरूसँग भेट गरिएको थियो ।

अन्य

भिडियो