१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–३ का २१ वर्षीय सदाम मियाँलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
पीडितकी आमाले कात्तिक २९ गते दिएको उजुरीपछि आरोपित मियाँलाई गिरफ्तार गरी मङ्सिर २ गते उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर कमलमणी भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा कात्तिक २९ गते गरिएको छ ।