INSEC Online

📅 २०८३ जेष्ठ २१

स्व.पद्मरत्न तुलाधरको स्मृतिमा बुटवलमा श्रद्धाञ्जली

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व. पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे स्व. तुलाधरको स्मृतिमा बुटवलमा एक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरियो ।

वरिष्ठ मानव अधिकारकर्मी, पत्रकार, सहजकर्ता तथा राजनीतिककर्मीको रूपमा समाज रूपान्तरणको खम्बाका रूपमा परिचित तुलाधरको सम्झनामा प्रदेश नं ५ को राजधानी बुटवलमा कार्यक्रम गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ बुटवल, इन्सेक रूपन्देही, मानव अधिकार तथा शान्ति समाज, जागरण मिडिया सेन्टर, रेडियो जागरण ९३.६ मेगाहर्ज, मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान (काहुराष्ट्र) को संयुक्त आयोजनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले स्व.तुलाधरको योगदानलाई स्मृति ग्रन्थ र पाठ्यक्रममा उनको योगदानलाई समेट्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

प्रदेश ५ प्रदेश सभाका सांसद डा. कृष्णप्रसाद न्यौपानेले स्व. तुलाधरले मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको जति चर्चा गरेपनि नसकिने बताए ।

अन्य

भिडियो