जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सुनसरीले लगाएको कर्फ्यु आदेशको समय थप गरेको छ ।
जिल्लाको सुरक्षा अवस्थाका मध्यनजर गर्दै तेह्रथुम र ओखलढुङ्गामा कर्फ्यु आदेश जारी गरिएको छ ।
इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते विहान ६ बजेसम्मका लागि जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्लाभित्र पनि आन्दोलन हुलदुङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएका कारण कर्फ्यु जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताउनु भयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो । जारी आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ ।
निषेधाज्ञा जारी भएको अवधिमा निषेधित काम गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रण लिएर कानुन बमोजिम कारवाही गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

इन्सेक तेह्रथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्ला प्रशासन कार्यालयले भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्लाभित्र पनि आन्दोलन हुलदुङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएका कारण कर्फ्यु जारी गरिएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो । जारी आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ ।
निषेधाज्ञा जारी भएको अवधिमा निषेधित काम गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रण लिएर कानुन बमोजिम कारवाही गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका जिल्ला प्रशासन कार्यालयले भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्लाभित्र पनि आन्दोलन हुलदुङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएका कारण कर्फ्यु जारी गरिएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्रातीले बताउनु भयो ।