INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानमन्त्री ओलीद्वारा राजीनामा: संयम अपनाउन नेपाल सरकारका उच्च अधिकारीको अपील

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्री ओलीले राजीनामा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्नुभएको छ ।

यसैबीच मुख्य सचिव एकनारायण अर्यालप्रधान सेनापति अशोकराज सिग्देलगृहसचिव गोकर्णमणि दुवाडीसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालप्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गर्दै संयम अपनाउन अपील गरेका छन् ।

अपीलमा भनिएको छ, ‘यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं।’

अन्य

भिडियो