जेनजी पुस्ताले दोस्रो दिनपनि विराटनगर उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा विरोधका कार्यक्रम राखेपछि जिल्ला प्रशासनले कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
विराटनगर उपमहानगरपालिका जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले भदौ २४ गते बिहान ११ बजेदेखि राति १० बजेसम्म लागि कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी आदेशमा सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कफ्र्यु लागू गरिएको उल्लेख गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरसहितका विभिन्न स्थानमा असामाजिक तथा हिंसात्मक गतिविधि हुन सक्ने आशंका गर्दै कर्फ्युको निर्णय गरेको हो ।
प्रशासनद्वारा जारी कर्फ्यु आदेश पूर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक, उत्तरमा विराटनगर जेसिज हलदेखि दक्षिणमा गौरव अस्पताल, कोशी राजमार्गको उत्तर र दक्षिणतर्फका भागहरू विराटनगर महानगरपालिकाको शान्तिनगर, बिर्टोल चोक, बिर्टोल मन्दिर, शान्तिनगर चोक आसपास, प्रदेश प्रमुख कार्यालय, प्रदेशसभा भवन वरिपरिका क्षेत्र, प्रदेश प्रमुख निवासको २ सय मिटर क्षेत्रभित्र र इनट्रीगेटेड चेकपोष्ट आइसीपीको २ मिटर वरिपरि लागू हुनेछ ।
जिल्ला प्रशासनले आम नागरिकलाई कर्फ्यु अवधिभित्र अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ ।

जेनजी पुस्ताको आन्दोलनको क्रममा झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा भदौ २४ गते आगजनि गरिएको छ ।

एमाले पार्टी कार्यालयमा भदौ २३ गते तोडफोड गरिएको थियो ।
इटहरी उपमहानगरपालिकामा भदौ २३ गतेदेखि अनिश्चिकालीन कर्फ्युका बिच जेनजी पुस्ता आन्दोलनमा उत्रिएका छन् ।
इन्सेक प्रतिनिधि सुरेश खत्रीका अनुसार जेनजी पुस्ताले आठराई गाउँपालिका-४ इवास्थित प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघरबाट भदौ २४ गतेको आन्दोलनको घोषणा गरेका छन् ।