INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलन- विर्तामोडमा ट्राफिक प्रहरी कार्यालयमा तोडफोड, विराटनगरमा भदौ २४ गते विद्यालय बन्द

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते साँझ  झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

भदौ २३ गते साँझ मुक्तिचोकमा भेला भएका जेनजी पुस्ताका प्रर्दशनकारीहरुले ट्राफिक कार्यालयमा आगो लगाएका हुन्। उक्त घटनाका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

photo 20250809 jhapa 1 (1)

photo 20250809 jhapa 1 (2)

जेनजी आन्दोलन चर्किएसँगै विराटनगर महानगरपालिकाले भदौ २४ गते एक निजी तथा सामुदायिक विद्यालय बिदा दिने भएको छ ।

महानगरका शैक्षिक महाशाखा प्रमुख राम ढुंगेलका अनुसार महानगर क्षेत्रका सबै विद्यालय भदौ २४ गते बिदा हुने बताउनु भयो ।

महानगर क्षेत्रमा भदौ २३ गते जेनजी आन्दोलन गरेका थिए ।

photo 20250809 Morang

अन्य

भिडियो