पोखरामा जेनजीको प्रदर्शनका क्रममा ०८२ भदै २३ गते प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस तथा गोली प्रहार गर्दा ३० जना घाइते भएका छन्। सो क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएका हुन् ।
पोखरा माहनागरपालिका-७ स्थित मुख्यमन्त्री कार्यलय रहेको मासवार क्षेत्रमा प्रहरीले चलाएको गोली लागि २२ वर्षीय निश्चल भट्टराई घाइते भएका थिए । दाहिने खुट्टाको घुँडा मुनि लागि गोलि लागि गम्भिर घाइते भएका उनको मेट्रो अस्पताल पोखरामा उपचार भइरहेको छ । खुट्टामा गम्भीर चोट लागेकाले अप्रेसनको तयारी गरेको अस्पताल प्रशासनले जनायो ।
यसैगरी सोही क्षेत्रमा प्रहरीको लाठीचार्जका क्रममा टाउकोमा चोट लागेका २८ वर्षीय विनेश गुरुङ गण्डकी मेडिकल अस्पतालमा उपचार गरी घर फर्किएका छन् भने पोखरा लनर्स वोर्डिङ स्कुलकी शिक्षिका २० वर्षीय सुश्मिता गुरुङ प्रहरीले प्रहार गरेको अश्रुग्याँसको असरका कारण बिरामी भएकोले गण्डकी अस्पतालको आकस्मिक कक्षमा उपचार भई रहेको छ ।

प्रहरीले प्राहर गरेको रबरको गोलि लागि घाइते भएका २२ वर्षीय विवश घर्तीमगरलाई उपचारका लागि काठमाडौँ लगिएको छ । साथै अन्य घाइतेहरूको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पोखराको जिल्ला प्रशासन कार्यालय तथा मुख्य मन्त्रीको कार्यलय रहेको क्षेत्रमा प्रहरीले दर्जनौँ अश्रुग्यास तथा रबरको गोली प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो। सो क्रममा प्रहरीले प्रदर्शनकारीमाथी इँटा र ढुङ्गा प्रहार गर्नुका साथै पसलको सटर भित्रबाट बाहिर तानेर समेत सर्वसाधरणलाई कुटपिट गरेको थियो ।
प्रहरीले प्रदर्शनमाथि गरेको यस्तो व्यवहारको राष्ट्रीय मानव अधिकार आयोग पोखराकी प्रमुख सहसचिव नितु गड्तौलाले आपत्ति व्यक्त गर्दै कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियालाई घटनाबारे जानकारी गराउनु भएको थियो ।
जेनजीहरूले सामाजिक सञ्जाल बन्दको विरोधका साथै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।
