INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्युठान जिल्ला नौबहिनी गाउँपालिका– १ स्याउलीवाङ घर भई अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका– ४ केरङ्गा पात्तलेपोखरा बस्दै आएकी ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेको आरोपमा प्रहरीले पति ३६ वर्षीय किरण गुरुङलाई ०८२ भदौ १६ गते गिरफ्तार गरेको छ ।

सुमित्रालाई घरायसी विवादको क्रममा पतिले भदौ ११ गते राति १२ बजे बाँसको लाठी र हँसिया प्रहार गरी हत्या गरेका थिए । छिमेकी र माइती पक्षले चार/पाँच दिनसम्म सुमित्रालाई नदेखेपछि खोजतलासको लागि भदौ १६ गते प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलासको क्रममा शव भान्सा कोठामा गाडिएको अवस्था फेला पारेको थियो । आरोपितले छोरीलाई आमाको बारेमा कसैसँग भनेमा तँलाई समेत मारेर गाड्ने भन्दै धम्की दिएको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी गराउनु भयो ।

शवको पोष्टमार्टम भदौ १७ गते जिल्ला अस्पतालमा सन्धिखर्कमा गरिएको छ । पोष्टमार्टमपछि शव पीडित पक्षले बुझेर सद्गत गरेका छन् ।

अन्य

भिडियो