INSEC Online

📅 २०८३ जेष्ठ २१

विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

भेरी नगरपालिका–४ रानागाउँमा विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी भएका छन् । भदौ ५ गते जङ्गलबाट ल्याएको विषालु च्याउ खाएपछि पाँच परिवारका ११ जना बिरामी भएका हुन् । बिरामी हुनेहरुमा भेरी नगरपालिका–४ का ५० वर्षीय पदम बुढा, उहाँकी पत्नी ४२ वर्षीया राधिका बुढा, ४२ वर्षीय लिलबहादुर विक, २४ वर्षीया विमला विक रहेका छन् । त्यसैगरी, ३६ वर्षीय गणेश चँदारा, २९ वर्षीया ज्योति शाह, ५० वर्षीया पानसरा टमट्टा, १९ वर्षीय प्रकाश पुन, १९ वर्षीय चन्द्रबहादुर विक, ५६ वर्षीया लक्ष्मी शाही र १८ वर्षीय प्रेमबहादुर टमट्टा रहेका छन् ।

विषालु च्याउ खाएपछि सबै जनालाई बान्ता आउने तथा बेहोस हुने समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो । उनीहरु सबैको उपचार अहिले जिल्ला अस्पताल जाजरकोटमा भइरहेको जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा. सुनिल पुनले जानकारी दिनुभयो ।

अन्य

भिडियो