१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माथागढी गाउँपालिका–१ चिदीपानीका ६२ वर्षीय तुलबहादुुर झेडीलाई ०८२ साउन २९ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २९ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर कमल प्रधानले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २९ गते पाल्पा अस्पतालमा गरिएको छ।