INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका–११ का २१ वर्षीय सुजितकुमार मण्डललाई ०८२ साउन २६ गते गिरफ्तार गरेको छ ।

घटनापछि फरार रहेका आरोपित सुजित मण्डल लुकिछिपि घरमा आएको गोप्य सूचनाको आधारमा गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ ।

आरोपित मण्डलले ०८१ चैत २१ गते झुठो प्रेमजालमा फसाइ विभिन्न प्रलोभन देखएर भारतको चेन्नइ लगी बन्धक बनाएर सुजित र उनका साथी सोही ठाउँ बस्ने २१ वर्षीय अमितकुमार यादवले पटक पटक बलात्कार गरेको पीडितको आरोप छ । घटनामा आरोपितहरुलाई सोही ठाउँका २१ वर्षीया चन्चलाकुमारी यादव र ४८ वर्षीय उपेन्द्र यादवले सहयोग गरेको पीडितको आरोप छ ।

पीडित परिवारले ०८१ चैत २५ गते खोज तलासका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएका थिए । पीडित महिला असार ४ गते परिवारको सम्पर्कमा आएको परिवारले बताएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन १ गते प्रादेशिक अस्पताल जलेश्वरमा भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेटर अशोक झाले बताउनु भयो । पीडित परिवारले आरोपितहरु विरुद्ध साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनामा संलग्न अन्य आरोपितहरु फरार रहेकोले खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो