INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

 ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका- ९ माधवपुर बस्ने ४५ वर्षीय राम सहरे यादवलाई ०८२ साउन ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई साउन ९ गते बलात्कार गरेको भन्दै आराेपितविरुद्ध पीडितले  साउन ९ गते  इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएपछि प्रहरीले गिराफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसी विरदत्त पन्तले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ९ पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

अन्य

भिडियो