१७ वर्षीया बालिकालाई ०८२ साउन १३ गते सामूहिक बलात्कार गरेको आरोपमा सुनसरी जिल्ला कोसी गाउँपालिका–६ हरिपुरका ३५ वर्षीय विरेन्द्र सदा र सोही गाउँपालिका–७ कुमयाही बस्ने ३४ वर्षीय श्यामसुन्दर सदाविरुद्ध पीडित पक्षले साउन १५ गते इलाका प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको छ ।
घटनापछि आरोपितहरू फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्ले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।