INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले तिलोत्तमा नगरपालिका–२ शंकरनगरका ५४ वर्षीय गणेश प्रसाद न्यौपानेलाई जन्म कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको ०८२ साउन ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै जन्म कैद, ७ लाख रुपियाँ जरिबाना, थप ५० हजार प्रतिवादीबाट पीडितलाई भराइदिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८० भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २० गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो । प्रहरीले आरोपितलाई भदौ २० गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो