१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका–४ का २६ वर्षीय अजय थारूलाई ०८२ साउन १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार ३२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३ गते जिल्ला प्रहरी कार्यालयमामा उजुरी गरेका थिए । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।