१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको गुराँस गाउँपालिका–५ गोगनपानी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१३ बस्दै आएका ३१ वर्षीय उत्तम चन्दलाई ०८२ साउन १२ गते गिरफ्तार गरेको छ ।
आराेपितले बालिकालाई साउन ७ गते बलात्कार गरेको भन्दै पीडितले साउन ८ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आरोपित विरुद्ध उजुरी दर्ता गरेकी थिइन् ।
बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।