INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ र २९ वर्षीया दुई जना महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले डुडुवा गाउँपालिका–५ कम्मरजहाँस्थित बाबाकुटी बस्ने ४९ वर्षीय नजिर मोहम्मद साहलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई  आरोपितले भदौ १० गते झारफुक गर्ने बहानामा मन्दिरमा बोलाएर  बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ११ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका  इन्स्पेक्टर हृदेश सापकोटाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण भदौ ११ गते भेरी अस्पताल , नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।

अन्य

भिडियो