दाङ जिल्ला प्रतिनिधि जय नारायण पुनका अनुसार २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–३ भलानेटीका २३ वर्षीय हर्कबहादुर दर्लामीलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले स्थानीय जङ्गलमा बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ७ गते प्रहरी चौकी चिराघाटमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।
यसैगरी रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ स्थायी घरभई सिद्धार्थनगर नपा– ८ बसडिलवा बस्ने २४ वर्षीय शम्साद खान विरूद्ध भदौ ६ गते उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितले धम्की दिएर पटक पटक बलात्कार गरेको र अन्तिम पटक साउन २० गते बलात्कार गरेको भन्दै उजुरी दिएको बताउनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते भीम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।