५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१७ का ३३ वर्षीय टेकबहादुर धामीलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले साउन ३१ गते हतियार देखाएर बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि गिरफ्तार डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) धरानमा साउन १७ गते गरिएको छ ।