INSEC Online

📅 २०८३ जेष्ठ २१

नेविसङ्घको प्रदर्शनका क्रममा पाँच प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पृथ्वी नारायण क्याम्पस इकाईले कात्तिक २६ गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने क्रममा भएको झडपमा पाँच जना विद्यार्थी घाइते भएका छन् ।

पोखरा मनपा-१ बगर स्थित पृथ्वीनारायण क्याम्पस अगाडि पुत्ला जलाउने क्रममा प्रहरी र विद्यार्थी बिच झडप भएको थियो ।

झडपमा परी नवलपरासी घर भई पोखरा मनपा-४ चिप्लेढुङ्गा बस्ने २४ वर्षीय अनिश पाण्डे, स्याङ्जा घर भई पोखरा मनपा-१ बगर बस्ने २५ वर्षीय विकास खत्री, पोखरा मनपा-१९ पुरन्चौर बस्ने २४ वर्षीय सतिश बास्तोला, पर्वत घर भई पोखरा मनपा-१ बगर बस्ने २४ वर्षीय रेशम हमाल र पोखरा मनपा-१ बगर बस्ने गोपाल गुरुङ घाइते भएको नेविसङ्घ पृथ्वीनारायण क्याम्पस इकाई सभापति दिपक वाग्लेले जानकारी दिए । झडपमा परी सामान्य घाइते भएका सबैको स्थानीय मेडिकलमा उपचार गरिएको वाग्लेले बताए ।

पुत्ला जलाउनु अघि नै प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडपको अवस्था सिर्जना भएको सभापति वाग्लेको भनाई छ । तर, नेविसङ्घ आबद्ध विद्यार्थीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले बताए ।

अन्य

भिडियो