INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा-५ का २० वर्षीय देउ बहादुर सारुलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २२ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २६ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीकोपछि आरोपितलाई साउन २६ गते गिरफ्तार गरी साउन २७ गते नवलपुर जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर विशाल तामाङले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २६ गते  भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

अन्य

भिडियो