१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १२ भटौलियाका ३० वर्षीय भरत चौधरीलाई साउन २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।
यसैगरी सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ७ का २१ वर्षीय बिन्ध्याचल कोइरीलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १८ गते राती यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते पृथ्वी चन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।