७० वर्षीया वृद्ध महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित लिसङ्खुपाखर गाउँपालिका–२ का २६ वर्षीया आशा लामालाई ०७७ साउन १९ गते साँझ प्रहरीले सोही ठाउँमा स्थानीयको घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले इन्सेक जिल्ला प्रतिनिधिको भेटमा बताउनु भयो ।
इन्स्पेक्टर घिमिरेको भनाइ अनुसार आरोपितले पीडितलाई साउन १६ गते दिउँसो लिसड्खुको च्यानडाडाँमा बोक्सीको आरोप लगाएर लात्तीले शरीरका विभिन्न स्थानमा कुटपिट गरेको पीडितको आरोप भएको बताउनु भयो ।
पीडितले ०७७ साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार दिनेश तामाङले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते चौतारा अस्पतालमा भयो ।