१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नपा–४ का १९ वर्षीय सगुन श्रेष्ठलाई ०७७ साउन २० गते प्रहरीले लामोसाघु बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर रामचन्द्र घिमिरेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
आरोपितले बालिकालाई ललाई फकाई साउन १५ गते राती नौ बजे चौतारा सागाचोकगढी नपा–९ स्थित भैसेमा पीडितलाई पुर्याई बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपितलाई कारबाहीको माग गदर्दै साउन १८ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको पीडितका बुवाले बताउनु भयो ।
पीडितको बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा साउन १८ गते स्वास्थ्य परीक्षण गरिएको र घटना अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर घिमिरेले बताउनु भयो ।