INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित नेकपाका चितवन जिल्ला इन्चार्ज सहित पाँच जनालाई साउन १२ गते गिरफ्तार गरेको छ । उनीहरूलाई राप्ती नगरपालिका–९ रसौलीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

प्रहरीले गिरफ्तार गरेकाहरूमा प्रतिबन्धित नेकपाका चितवन जिल्ला इन्चार्ज दैलेख जिल्ला गुराँस गाउँपालिका–७ घर भएका ३५ वर्षीय लालबहादुर बि.सि., क्रान्तिकारी ट्रेड युनियन चितवन जिल्ला अध्यक्ष राप्ती नगरालिका–९ रसौलीका ३५ वर्षीय हुकुम भनिने हुमबहादुर खड्का र सोही ठाउँका २७ वर्षीय दानबहादुर श्रेष्ठ रहेका छन् ।

यसैगरी नेपाल दलित मुक्ति मोर्चाका महासचिव सुर्खेत जिल्ला उत्तरगंगा गाउँपालिका–८ का ४६ वर्षीय रामलाल बि.क. र भरतपुर महानगरपालिका–२८ का  ४४ वर्षीय भीमनारायण श्रेष्ठलाई पनि प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

गिरफ्तार सबै जनाको भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान जारी रहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

अन्य

भिडियो