१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१ का २० वर्षीय लक्ष्मण खत्रीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार ३० गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितले बालिकालाई असार २७, २८ र २९ गते राति पीडितकै कोठामा बलात्कार गरेको आरोप छ ।
असार २९ गते राति बालिका रोइरहेको सुनेर हजुरआमाले सोधपुछ गर्दा घटना बारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ३० गते उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडितकी हजुरआमाले बताउनु भयो ।
घटनाको जानकारी हुनासाथ आरोपित खत्रीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ ३० गते भएको छ ।