INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

छिमेककी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालकलाई असार २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

घर नजिकै खेल्ने क्रममा बालिकालाई असार २६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले असार २९ गते प्रहरीमा उजुरी दिएपछि आरोपित बालकलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी इन्सपेक्टर रेशम बोहोराले इन्सेक प्रतिनिधिलाई फोनमा बताउनु भयो ।

इन्सपेक्टर बोहोराका अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि असार ३० गते दर्ता गरी घटना बारे थप अनुसन्धान भइरहेको छ ।

बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा असार २९ गते भएको थियो ।

अन्य

भिडियो