INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासको कसुरमा सात वर्ष कैद फैसला

२१ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत चितवनले असार ३० गते खैरहनी नगरपालिका–९ बस्ने २५ वर्षीय अच्युत कँडेललाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले उक्त फैसला गरेको श्रेष्तेदार रुद्रमणि गिरीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

०७६ कात्तिक १८ गते आफूलाई बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस २३ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनुभएको थियो ।

बलात्कार घटनाका आरोपित कँडेललाई पुस २३ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको पुस २३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो