INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेनी नगरपालिका–६, चुत्रेनीका २३ वर्षीय सन्जिव हमाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २९ गते राति पीडितकै घरमा पसेर सुतिरहेको अवस्थामा पीडितलाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीयहरुले आरोपितविरुद्ध जानकारी लिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभएको छ ।

आरोपितलाई म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला न्यायधिवक्त प्रकाश कोइरालाले बताउनुभएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असार २९ गते राति बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका सूचना अधिकृत प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

अन्य

भिडियो