INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज गिरफ्तार

प्रतिबन्धित नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–९ का ४४ वर्षीय ओमप्रकाश पुन र अखिल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्य डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–७ की ३७ वर्षीया गौरा धामीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ ।

धनगढीबाट फुलवारीतर्फ जाँदौ गर्दा धनगढी उपमहानगरपालिका–७ बेलीबाट दुबै जनालाई गिरफ्तार  गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी अनुपमशमशेर जवराले इन्सेक प्रतिनिधिसँगको  भेटमा बताउनु भयो ।

उहाँले भन्नु भयो– “आरोपितले बोकेको झोलाबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली परामद गरेका छौँ । हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता गर्ने तयारीमा गछौँ ।”

गिरफ्तार गरिएका दुवैजनाको सेती प्रादेशिक अस्पताल, धनगढीमा कोरोना परीक्षण गर्ने प्रक्रियामा रहेको एसपी जवराले बताउनु भयो ।

अन्य

भिडियो