१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका–१ का ६० वर्षीय बाहादुर तामाङलाई ०७७ असार २८ गते बिहान प्रहरीले उनकै घरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर थलबहादुर तामाङले इन्सेक जिल्ला प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।
इन्स्पेक्टर तामाङले बताए अनुसार आरोपितले ०७७ असार २५ गते साँझ बालिकालाई फकाएर स्थानीय पाउना घरमा लगि बलात्कार गरेका थिए । पीडितपक्षको तर्फबाट पीडितका बावुले असार २६ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा किटानी उजुरी दिनु भएको थियो ।
आरोपित लुकिछिपी बसेको अवस्थामा प्रहरीले स्थानीयको सहयोगमा गिरफ्तार गरेको इन्स्पेक्टर तामाङले बताउनु भयो ।
पीडितको मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ०७७ असार २६ गते स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय मुद्दा शाखाका हबल्दार भोज खत्रीले बताउनु भयो ।