INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक स्वास्थ्य पीडित ३५ वर्षीया महिलालाई असार २७ गते बिहान विदेह नपा–४ तीनकौरीयामा बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय औरही प्रहरीले शहिद नगरपालिका–६ का ३० वर्षीय भागवती मण्डललाई सोही दिन गिरफ्तार गरेको छ ।

तीनकौरीया चौकस्थित दुर्गा मन्दिरमा सुतिरहेकी मानसिक स्वास्थ्य पीडित महिलालाई बलात्कार गरेको आरोपित मण्डलविरुद्ध एक धनुषामा कार्यरत सामाजिक संस्थाको अगुवाइमा जिल्ला प्रहरी कार्यालयमा असार २७ गते उजुरी दर्ता भएको छ ।

पीडित महिला र आरोपित मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमार्फत बताउनु भयो ।

अन्य

भिडियो